आज पुत्रदा एकादशी, व्रत बस्दा हुन्छ यस्तो फाइदा ! « Khabarhub

आज पुत्रदा एकादशी, व्रत बस्दा हुन्छ यस्तो फाइदा !


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पुत्रदा एकादशीकाे व्रत वर्षमा दुइ पटक पर्छ ।

साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी मनाइन्छ। पौष महिनाको शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ भने श्रावण महिनाको शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी भनिन्छ ।

पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ । सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिनाले फल प्राप्ति हुने धार्मिक विश्वास छ ।

धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो ।

राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए ।दिन बित्दै जाँदा एकदिन राजा सुकेतुमान घोडा चढि जंगल डुल्दै जाने क्रममा घना जंगलभित्र पुगे । जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो ।

पानीको खोजीमा उनी झनझन जंगलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेदपाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे ।

राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको व्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको व्रत अनिवार्य भएको बताए ।

राजाले पनि सवै विधि पुरा गरी पुत्रदा एकादशीको व्रत बसे । फलस्वरुप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा छ । सोही अनुरुप आज पनि पुत्रदा एकादशी व्रतको महात्मे महत्वपूर्ण मानिन्छ ।

यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नु पर्दछ ।

यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ ।

एकादशीको भोलिपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर व्रत र पूजा समापन गरिन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ३९ बजे

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक