सीपीएल खेल्न सन्दीप ट्रिनिडाड एण्ड टोबागो प्रस्थान « Khabarhub

सीपीएल खेल्न सन्दीप ट्रिनिडाड एण्ड टोबागो प्रस्थान


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज (बिहीबार) क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान भएका छन् ।

सन्दीप १० बजे कोरियन एयरमार्फत अमेरिका हुँदै अगस्ट १ मा टोबागो पुग्ने छन् ।

सीपीएल टीम जमैका तल्लावाजबाट यो सिजनमा सन्दीप मैदान उत्रिनेछन् । जसका लागि उनले १ करोड ३० लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

लामिछाने त्यहाँ पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नेछन् । सीपीएलमा सहभागी हुनु अगाडि नेपालमा उनले मंगलबार कोरोना परिक्षण गराएका थिए। सानेपास्थित स्टार अस्पतालमा कोरोना जाँच गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सन्दीप यो वर्षको सीपीएल जमैका तल्लावाजबाट खेल्नेछन् । अगस्ट १८ बाट सेप्टेम्बर १० सम्म हुने सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

सीपीएलमा कुल ३३ खेल हुने छन्। कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्।

सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।

उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले।

उनले छ खेलमा आठ विकेट लिएका थिए। सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक लिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : ३३ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय