सगरमाथा क्षेत्र घुम्ने पर्यटक ५० प्रतिशतले घटे « Khabarhub

सगरमाथा क्षेत्र घुम्ने पर्यटक ५० प्रतिशतले घटे


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलु- गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६/७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार ५३५ विदेशी र एक हजार १०२ नेपालीले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् जसमा एक हजार १६७ सार्क राष्ट्रका पर्यटक छन् ।

भ्रमण वर्ष २०२० को शुरुआती चरणमै कोरोना भाइरसको जोखिम उच्च भएपछि पर्यटन क्षेत्रमा ठूलो असर परेको टानका प्रथम उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ थियो । सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको सङ्ख्यासमेत दोब्बरले घटेको व्यवसायीको भनाइ छ ।

आव २०७५/७६ मा ५७ हजार २९८ ले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भएपनि गतवर्ष यसको सङ्ख्या करिब दोब्बरले घट्नका पछाडि कोरोना भाइरसको महामारी प्रमुख रहेको छ ।

यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट नौ करोड ५७ लाख ६० हजार ९९४ राजश्व सङ्कलन भएको हो ।

वन रोयल्टीबाट नौ करोड ४२ लाख ४३ हजार ९६१, अन्य प्रशासनिक सेवा शुल्कबाट चार लाख आठ हजार, वन क्षेत्रको रोयल्टीबाट १० लाख ९२ हजार ८०२ सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार १६ हजार २३० बेरुजु असुली गरिएको छ ।

निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौँको भृकुटीमण्डपमा काउण्टर स्थापना गरेर राजश्व सङ्कलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट आठ करोड ५६ लाख ११ हजार ९९४ र काठमाडौँ भृकुटीमण्डपस्थित काउन्टरबाट एक करोड १४ लाख नौ हजार सङ्कलन भएको छ ।

निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेवापत तीन हजार अवतरण शुल्क लिने गरिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेको छ ।

सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : ०३ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर