उद्योगमन्त्री भट्टलाई एमसीसीको पक्षमा बोले ज्यान मार्ने धम्की ! « Khabarhub

उद्योगमन्त्री भट्टलाई एमसीसीको पक्षमा बोले ज्यान मार्ने धम्की !


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योगमन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यहीँ टाउको काट्ने भन्दै धम्की दिएको बताएका हुन् ।

‘मलाई बझाङबाट फोन गरेर एमसीसीको पक्षमा बोले जहाँ भेट्यो त्यहीँ टाउको काट्छु भनेर धम्की दिनुभयो,’ मन्त्री भट्टले भने, ‘उहाँलाई एमसीसीबारे के अध्ययन गर्नुभएको छ भन्दा उहाँले थाहा छैन भन्नुभयो ।’

मन्त्री भट्टले संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेसबारे बोल्ने क्रममा यस्तो बताएका हुन् ।

उनले मान्छेले नेटवर्किङ बिजनेसबारे पनि एमसीसीबारे झैँ नबुझी टिप्पणी गरेको समेत बताए । उनले भने, ‘मिडियामा नेटवर्किङ कम्पनी दर्ता गर्दा मन्त्रीले अर्बौं खाएको भन्ने समेत आए, थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा कसरी अर्बौं खान्छु ।’

मन्त्री भट्टले अहिलेको नेटवर्किङ व्यवसायमा ठगी गर्ने सम्भावना नरहेको दाबी गरे । सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै ठगिएको बताउँदा उनले नेटवर्किङ व्यवसायबारे पहिलेको भूत धेरैमा बाँकी रहेको बताए ।

हालै नेटवर्किङ व्यवसाय सञ्चालनका लागि कानून कार्यान्वयन गरिएको छ । मन्त्री भट्टले उक्त कानुन वि.सं. २०७४ मा बनेको र अहिले कार्यान्वयन मात्र गरेको बताए ।

केही वर्षअघि नेपालमा नेटवर्किङ व्यवसायलाई अवैधानिक भन्दै बन्द गराइएको थियो । अब यसलाई पुनः घुस खाएर कानूनी मान्यता दिन लागेको भन्दै बहस उठेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ५४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह