एमबीबीएस तथा बीडीएसको लाइसेन्स परीक्षा भदौमा « Khabarhub

एमबीबीएस तथा बीडीएसको लाइसेन्स परीक्षा भदौमा


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षा आगामी भदौमा लिने भएको छ ।

काउन्सिलले एक विज्ञप्तिमार्फत गत चैत ८ गते लिने भनिएको लाइसेन्स परीक्षा आगामी भदौ ७ गते देखि १० गते सम्म गर्ने जनाएको हो ।

काउन्सिलका अनुसार बीडीएसको परीक्षा भदौ ७ गते हुनेछ भने एमबीबीएसको परीक्षा रोल नम्बर अनुसार ८ देखि १० गतेसम्ममा हुनेछ ।

लाइसेन्स परीक्षा ललितपुरको पुल्चोकमा रहेको इञ्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

परीक्षामा सहभागी हुने परीक्षर्थीका लागि साउन १८ गतेदेखि २३ गतेसम्म आफ्नो प्रवेशपत्रको प्रतिलिपी काउन्सिलको वेवसाइटमा पठाउनुपर्नेछ । यस्तै सो परीक्षामा सहभागी हुन सक्ने परीक्षार्थीले सोही प्रवेशपत्रको आधारमा अर्को पटकको परीक्षामा सहभागी हुन पाउनेछन् ।

परीक्षामा सहभागी हुने जानकारी गराएपछि सहभागी नहुने परीक्षार्थीले भने अर्को परीक्षाका लागि पुन आवेदन दिएर शुल्क समेत पुनः बुझाउनुपर्ने काउन्सिलले जनाएको छ ।

लाइसेन्स परीक्षामा एकसय ४ डिग्रीभन्दा माथि तापक्रम भएको व्यक्तिलाई परीक्षामा सहभागी नगराउने पनि काउन्सिलले जनाएको छ ।

परीक्षा सञ्चालन गर्दा परीक्षार्थी र अन्य सबैले २ मिटरको दुरी कायम गरी मास्क अनिवार्य प्रयोग गर्नुपर्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  २ : ५७ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना