सत्यनारायण मन्दिरमा लाग्ने जनैपूर्णिमा जात्रा स्थगित « Khabarhub

सत्यनारायण मन्दिरमा लाग्ने जनैपूर्णिमा जात्रा स्थगित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ ।

कोरोना भाइरसको प्रभावका कारण सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा सञ्चालन नगर्न तेमाल गाउँपालिकाले निर्देशन गरेको हो ।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बुधबार सूचना जारी गरेर यही साउन १९ गते जनैपूर्णिमाका दिन तेमाल नारायणस्थानस्थित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्यनारायणको मन्दिरमा जनैपूर्णिमा मेलामा लाग्दै आएको जात्रा कोभिड–१९ को प्रभावका कारण सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

सो मेलामा जात्रा हेर्नका लागि तेमाल, रोशी, कोशीपारिलगायत जिल्लाका विभिन्न स्थानबाट मान्छे आउने गर्थे ।

यसैबीच पाँचखाल नगरपालिकाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले सूचना जारी गर्दै आउँदो सोमबार १९ र मङ्गलबार २० गते सार्वजनिक बिदा दिइने जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ८ : १२ बजे

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका