काठमाडौँ – स्वीडेनमा आयोजना गरिएको एक र्यालीमा कुरान जलाइएपछि व्यापक प्रदर्शन भएको छ । सोक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।
गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्यालीमा कुरान जलाइएपछि विरोध सुरू भएको हो ।
प्रदर्शनकारीहरूले स्वीडेनको माल्मो शहरमा सवारीसाधन र भवनहरूमा तोडफोड र आगजनी गरेपछि झडप भएका छन् ।
सो क्रममा केही सुरक्षाकर्मी र कयौँ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया