२८ वर्षअघिको बाबरी मस्जिद तोडफोड घटनामा भाजपा नेतासहित ३२ जनाले पाए सफाइ « Khabarhub

२८ वर्षअघिको बाबरी मस्जिद तोडफोड घटनामा भाजपा नेतासहित ३२ जनाले पाए सफाइ


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – उत्तर प्रदेशको अयोध्यास्थित बाबरी मस्जिद तोडफोडको आरोप लागेका भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीसहित ३२ जनाले सफाइ पाएका छन् ।

बुधवार लखनउस्थित सीबीआई अदालतले उनीहरूलाई निर्दोष भएको भन्दै सफाइ दिएको हो । अदालतका न्यायाधीश सुरेन्द्रकुमार यादवले फैसला सुनाउने क्रममा उक्त घटनालाई सुनियोजित नभएको बताए ।

अदालतले उक्त घटना सुनियोजित नभएको र उनीहरूको संलग्नता नभएको बताएको छ । करिब दुई हजार तीन सय पृष्ठको फैसलामा उनीहरूको संलग्नता रहेको प्रमाण नभेटिएको उल्लेख गरिएको छ ।

अदालतले आरोपी ३२ जना सबैलाई दुई साताअघि अदालतमा उपस्थित हुन आदेश दिए पनि भाजपाका वरिष्ठ नेताहरू अदालत उपस्थित भएका थिएनन् । आरोपीहरूमध्ये जम्मा २६ जना अदालतको सुनुवाइमा उपस्थित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

२८ वर्षअघि भएको यो घटनापछि ४९ जनामाथि मस्जिद तोडफोडको आरोपमा मुद्दा दायर गरिएको थियो । भारतीय मिडियाका अनुसार तीमध्ये १७ जना आरोपीको मृत्यु भइसकेको छ ।

अदालतबाट निर्दोष साबित भएकाहरूमा आडवाणी, मुरलीमनाेहर जोशीसहित महन्त नृत्य गोपालदास, कल्याण सिंह, उमा भारती, विनय कटिया, साध्वी ऋतम्भरा, रामविलास बेदान्ती, धरम दास, सतिश प्रधान, चम्पत राय, पवनकुमार पाण्डेय, बज्रभूषण सिंह, जय भगवान गोयल, महाराज स्वामी साक्षी, रामचन्द्र खत्री, अमन नाथ गोयल, सन्तोष दुबे, प्रकाश शर्मा, जयभान सिंह पवेया, विनयकुमार राय, लल्लु सिंह छन् ।

यसैगरी ओमप्रकाश पाण्डेय, कमलेश त्रिपाठी, धर्मेन्द्रसिंह गुर्जर, रामजी गुप्ता, विजयबहादुर सिंह, नवीनभाइ शुक्ला, आचार्य धर्मेन्द्रदेव, सुधीर कक्कड र रवीन्द्रनाथ श्रीवास्तवले सफाइ पाएको बताइएको छ ।

गत वर्ष मात्र अदालतले उक्त भूमि रामको जन्मभूमि भएको फैसला गरेको थियो । सबै आरोपी निर्दोष साबित भएर अदालतले सफाइ दिएपछि अदालतमा सहभागी सन्तहरूले मिठाई बाँडेर खुसियाली मनाएका छन् ।

२८ वर्षअघि अयोध्यामा विश्व हिन्दू परिषद्को अगुवाइमा डेढ लाख स्वयम् सेवकहरूको भिडले मस्जिद तोडफोड गरेको थियो । उक्त भिडमा भाजपा, राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता पनि सहभागी थिए ।

भाजपा नेता आडवाणी, जोशी, भारतीलगायतले मस्जिद रहेको ठाउँ राम जन्मभूमि रहेको भन्दै भाषण गरेपछि त्यसको केही घण्टामै मस्जिद तोडफोड भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ८ : १९ बजे

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा

काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्