अमेरिकामा ९२ लाखभन्दा बढीमा संक्रमण, एकैदिन सर्वाधिक ९१ हजार संक्रमित « Khabarhub

अमेरिकामा ९२ लाखभन्दा बढीमा संक्रमण, एकैदिन सर्वाधिक ९१ हजार संक्रमित


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ९२ लाख नाघेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ९१ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९२ लाख १२ हजार ७६७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ८३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २९ लाख ९५ हजार २४५ जनामध्ये १६ हजार ९५० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १०४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १७७ पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : २८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।