देशभरका ३८,३५७ सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा « Khabarhub

देशभरका ३८,३५७ सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेका छन्।

बागमती प्रदेशमा २३ हजार ४४३ सक्रिय संक्रिमित रहेका छन्, जुन देशभर रहेका कूल सक्रिय संक्रमित संख्याको आधाभन्दा बढी हो।

मन्त्रालयका अनुसार दोस्रो धेरै सक्रिय संक्रमित प्रदेश १ मा रहेका छन्। त्यहाँ आजसम्म ६ हजार २२४ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा तीन हजार ६१०, गण्डकीमा दुई हजार २२१, सुदूरपश्चिम प्रदेशमा एक हजार ५८, प्रदेश २ मा एक हजार ४९ र कर्णाली प्रदेशमा ७५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

गत २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १० : ३६ बजे

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको