काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, १६ को मृत्यु  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, १६ को मृत्यु 


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म उपत्यकामा कोरोना स‌क्रमितको संख्या  १ लाख ९ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनाान कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा आज काठमाडौंमा १३, ललितपुर २ र भक्तपुरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तो छ तथ्यांक

हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ । जसमध्ये ३७५ जनाको मृत्यु भएको छभने ८० हजार २४८ जना निको भएका छन् ।

त्यसैगरी ललितपुरमा हालसम्म संक्रमितको संख्या १३ हजार २७४ पुगेको छ । जसमा ११२ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ७१० जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा ७ हजार ९५९ संक्रमितमध्ये ९१ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २२७ जना निको भइसकेका छन्।

हाल काठमाडौमा ७ हजार २७०, ललितपुरम १ हजार ४५२ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ५३ बजे

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई