काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, १६ को मृत्यु  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८०९ संक्रमित, १६ को मृत्यु 


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म उपत्यकामा कोरोना स‌क्रमितको संख्या  १ लाख ९ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनाान कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा आज काठमाडौंमा १३, ललितपुर २ र भक्तपुरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तो छ तथ्यांक

हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ । जसमध्ये ३७५ जनाको मृत्यु भएको छभने ८० हजार २४८ जना निको भएका छन् ।

त्यसैगरी ललितपुरमा हालसम्म संक्रमितको संख्या १३ हजार २७४ पुगेको छ । जसमा ११२ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ७१० जना निको भएका छन्।

त्यस्तै भक्तपुरमा ७ हजार ९५९ संक्रमितमध्ये ९१ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २२७ जना निको भइसकेका छन्।

हाल काठमाडौमा ७ हजार २७०, ललितपुरम १ हजार ४५२ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ५३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना