बागलुङमा सडक कालोपत्र शुरु | Khabarhub Khabarhub

बागलुङमा सडक कालोपत्र शुरु


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु भएको छ ।

बागलुङ  जिल्लाको काठेखोला गाउँपालिकाभर पहिलोपटक रेश जाने सडकको अहिले धमाधम कालोपत्र भइरहेको छ ।

स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नति गरेको भए पनि कालोपत्रको काम काठेखोला गाउँपालिका–७ रेश पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।

सो सडकमा गाउँपालिकाकै सबैभन्दा ठूलो गौरवको आयोजना सञ्चालनमा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार पहिलोपटक रेश जाने सडक कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलो चरणमा ४०० मिटर सडक कालोपत्र भइरहेको र थप चार किलोमिटर सडक कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माणको काम भइरहेको थापाको भनाइ छ ।

‘एक हप्ताभित्रै कालोपत्रको पहिलो चरणको काम सकिन्छ, गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र हुनु खुशीको कुरा हो’, अध्यक्ष थापाले भने, ‘कालोपत्र सडक भन्दामाथि चार किलोमिटर सडक कालोपत्रका लागि चार महिनादेखि धमाधम पूर्वाधारको काम भइरहेको छ ।’

गण्डकी प्रदेश सरकारको रु ८० लाखमा पहिलो चरणमा सडक कालोपत्र भइरहेको छ ।

सङ्घीय सरकार र स्थानीय सरकारको समपुरक बजेटमा सङ्घीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार काठेखोला गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक एक्लेफाँट रेश खोलाबाट चार किलोमिटर सडक कालोपत्रका लागिसमेत पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार आफ्नो कार्यकालमा कम्तीमा वडा कार्यालयसम्म सडक कालोपत्र गर्ने योजना रहेको छ । रु ६ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा चार किलोमिटर सडकको पाँच महिना अगाडि जोसी निशान आचार्य जेभी निर्माण सेवासँग ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ ।

रेश पुग्ने गरी कालोपत्र गर्न थालिएको दोस्रो चरणको कालोपत्र भने २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्ने छ । अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौंडा पार्ने, ग्याबिन चिन्ने जस्ता कार्य भइरहेको छ ।

रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा बर्खामा यातयातका साधन चल्न नसक्ने समस्यालाई ध्यान दिँदै गत वर्षदेखि पक्की पुलसमेत निर्माण थालिएको छ ।

गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । चार किलोमिटर, नाली, कल्र्भट, पर्खाललगायतका संरचना निर्माण भइरहेको छ ।उक्त सडक छ मिटरको चौडाइ हुनेछ ।

रेश जाने सडक झण्डै साढे चार किलोमिटर कालोपत्र हुने र खोलामा पक्की पुलजस्ता विकास निर्माण हुँदा स्थानीयवासी उत्साहित भएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ३० बजे

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाएका

अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनु पर्छ : सांसद बास्कोटा

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बास्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा

राष्ट्रियसभा : सांसदले उठाएका विषयप्रति अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष

किर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

काठमाडौं– लेबनान जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भएको छ ।

पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न 

काठमाडौं– सिजि इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’  विषयवस्तुमा आधारित डिलर