सिंगापुरमा कोभिड- १९ विरुद्धको खोप लगाउन सुरू « Khabarhub

सिंगापुरमा कोभिड- १९ विरुद्धको खोप लगाउन सुरू


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सिंगापुरमा कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ ।

बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड-१९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ ।

यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ ।

सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ ।

त्यसपछि अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ ।

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाइ यो खोप दिइने जानकारी दिइएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ४९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल