नेपाल टेलिकमको ‘एनटि टिभी’ सेवा पुस १७ गतेदेखि सञ्चालन हुने « Khabarhub

नेपाल टेलिकमको ‘एनटि टिभी’ सेवा पुस १७ गतेदेखि सञ्चालन हुने


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि एनटि टिभी ब्राण्डमा फाइबर टू दि होम (FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याउने भएको छ ।

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

कम्पनीको IPTV सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाडौँ उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, कीर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहनु भएका ग्राहकवर्गले एनटि टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेट टप बक्स (Set Top Box) खरिद गर्नु पर्दछ भने ग्राहकले प्रयोग गरिरहेको परम्परागत टिभी सेट र आधुनिक डिजिटल टिभी सेटमा एनटि टिभी हेर्न सकिने बताईएको छ ।

विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्ने हुनाले ग्राहकवर्गले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौट गरी सेवा लिन सक्ने बताएको छ । प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ।

साथै, एनटि टिभि सम्बन्धमा ग्राहकवर्गलाई उपयोगी हुने थप जानकारीको रुपमा तथा सेट टप बक्स र एफटिटिएच राउटर बिचको कनेक्सन सम्बन्धि जानकारीहरु भिडियो क्लिप जस्ता उपयुक्त माध्यमबाट ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ५१ बजे

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद