निर्मला हत्या प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय « Khabarhub

निर्मला हत्या प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले निर्मला हत्या पन्त हत्या प्रकरणमा सेवाबाट हटाएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

निर्मला पन्त हत्याको छानविनमा लापरबाही गरेको आरोपमा एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए।

जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो।

११ साउन २०७५ मा कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

यसअघि सो प्रकरणमा निलम्बनमा परेका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी लगायत सेवामा फर्किइसकेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : १९ बजे

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा