भ्रम छरेर स्वार्थ पूर्ति गर्न ‘दाहाल–नेपाल’ समूह उद्दत रहेको नेता साहको आरोप « Khabarhub

भ्रम छरेर स्वार्थ पूर्ति गर्न ‘दाहाल–नेपाल’ समूह उद्दत रहेको नेता साहको आरोप


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह भ्रम छलेर स्वार्थपूर्ति गर्न उद्दत रहेको आरोप लगाएका छन् ।

बुधबार पर्साको वीरगन्जमा नेकपा ओली समूहको प्रदेश २ कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता साहले दाहाल-नेपाल समूह कुर्चीको लोभमा छलछाम गरेर पार्टी र देशलाई बर्बादीको दिशातर्फ धकेल्न लागेको आरोप लगाएका हुन ।

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले छलछाम गरेर आफ्नै सरकारविरुद्ध उनीहरुले अविश्वास प्रस्ताव ल्याएको समेत बताए ।

असार महिनामा अलग प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव ल्याएको बताए।

उनले प्रश्न गरे, ‘छलछामले पनि क्रान्ति हुन्छ र ? षड्यन्त्रपूर्ण ढंगले कम्युनिष्ट पार्टी चल्छ ?’

दाहाल-नेपाल समूहले आफ्नो गुटको समेत कुनै बैठक नगरेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको नेता साहले आरोप लगाए ।

भेलामा नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्थायी कमिटीद्वय सदस्य रघुवीर महासेठ एवम् सत्यनारायण मण्डल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेललगायतको सहभागिता थियो।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १० : ५१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल