कोरोनाविरुद्धको सहयोगमा करिश्माको आक्रोशपूर्ण धारणा कति जायज ? « Khabarhub

कोरोनाविरुद्धको सहयोगमा करिश्माको आक्रोशपूर्ण धारणा कति जायज ?


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री करिष्मा मानन्धरले नेपाली फिल्ममा काम नगरेको लामो समय भइसकेको छ । केही वर्षयता उनी आफ्नो अपूरो पढाइ पूरा गर्ने धाउन्नमा छिन् ।

राजनीतिमा समेत लागेकी करिश्मा आजभोलि भने कुनै पार्टीसँग आवद्ध छैनिन् ।

नयाँ शक्ति पार्टीबाट राजनीति गरेकी मानन्धरले नयाँ शक्ति र संघीय समाजवादी फोरमका बीचमा पार्टी एकतापछि राजनीति छोडेकी थिइन् ।

यतिबेला नेपालमा लकडाउन भइरहेका बेला करिष्मा घरमै समय बिताइरहेकी छिन् । कोरोना भाइरसको सन्त्रासका कारण यस वर्ष होलीको कार्यक्रम पनि करिष्माले गरिनन् । जबकि, करिष्माले हरेक वर्ष होलीमा आफन्त र कलाकारलाई बोलाएर घरमै होली मनाउने गर्छिन् ।

कोरोनाको लडाइँका लागि भन्दै सरकारले खडा गरेको कोषमा केही कलाकारले सहयोग रकम दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कलाकारले सहयोग नदिएको भन्दै टिप्पणी र मिडियामा समाचार बन्न थालेपछि करिष्माले एक स्टाटस लेख्दै सहयोग गर्ने काम सरकारको भएको बताइन् ।

‘के सेलिब्रेटीले सबै समस्या समाधान गर्नुपर्ने? अनि के काम सरकारको ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने ? जानुस् तपाईंहरूको भगवानलाई खोज्नुस्, तर घर बस्नुस्,’ करिष्माले लेखेकी थिइन् ।

करिष्माको यो स्टाटसमा नायिका रेखा थापाले पनि सहमति जनाइन् । उनको भनाइ थियो, ‘अरुले यति दिए उति दिएनन् भन्नुभन्दा सक्नेले दिऔं, नसक्नेले मागौं ।’

यता करिष्माले यो स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेकी छिन् ।

उनले कुरा बुझाउन चाहेको भन्दै अर्को स्टाटस लेखेकी छिन्, ‘एउटा कुरा स्पष्ठ पार्न चाहेँ, केही समाचार माध्यमले मेरो अस्तिको एउटा स्टाटस लाइ अपुरो र अलि नकारात्मक शैलीबाट प्रचार गरेको रहेछ । उक्त स्टाटसमा सेलिब्रेटीले किन सहयोग गर्दैनन् भन्ने बिभिन्न समाचार को खण्ड्न गरेर लेखेकी थिएँ । जसमा जनताले विश्वास गरेका राष्ट्रिय हिरोहरु त यो समयमा लाचार छन , अरुले के गर्न सक्छौँ ! यो समय सबैलाइ घर बस्न सुझाव दिएकी थिएँ !!’

करिष्माको टिप्पणीलाई लिएर कतिपयले ठीकै भनेको भने पनि कतिले भने यस्तो समयमा असान्दर्भिक तर्क गरेको भन्दै विरोध गरेका थिए । केही सञ्चार माध्यममा कलाकारले यस्तो बेलामा किन सहयोग गरेका छैनन् भन्ने समाचार आएपछि करिष्माले उक्त स्टाटस लेखेकी थिइन् ।

त्यसो त नेपालमा कलाकारसँग कमाइको स्रोत पर्याप्त छैन । अन्य देशका कलाकारले करोडौं सहयोग गरे पनि नेपालमा कलाकारलाई सहयोग गर्न त परको कुरा लकडाउनका बेला गुजारा चलाउन पनि सोच्नुपर्ने अवस्था छ । जबरजस्ती कलाकारलाई सहयोग गर्न लगाउने कुरा कतिपय कलाकारलाई चित्त बुझेको छैन ।

करिष्माले पनि यही कुरामा असहमति जनाउँदै उक्त स्टाटस लेखेको बताएकी छिन् । उनी भन्छिन्, ‘कलाकार स्ंस्कृति को संवाहक हो । उसले गरेको हरेक कृयाकलाप र बोलेका शब्दहरुले नकारात्मक र सकारात्मक संदेशहरु दिइरहेको हुन्छ । यो अवस्था भ्रम फैलाउने अवस्था होइन । अहिले हामि ‘लक डाउन’ को अवस्थामा छौं, तेहि नियमको पालना गरौं । म आफ्नो तर्फबाट सरकार मार्फत आफुले सक्दो सहयोग गर्न सदैव तत्पर छु ।’

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : ५१ बजे

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी– मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी– आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

तनहुँ– तनहुँको दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ

निर्वाचनमा भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने

कञ्चनपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न