कोरोनाविरुद्धको सहयोगमा करिश्माको आक्रोशपूर्ण धारणा कति जायज ? | Khabarhub Khabarhub

कोरोनाविरुद्धको सहयोगमा करिश्माको आक्रोशपूर्ण धारणा कति जायज ?


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री करिष्मा मानन्धरले नेपाली फिल्ममा काम नगरेको लामो समय भइसकेको छ । केही वर्षयता उनी आफ्नो अपूरो पढाइ पूरा गर्ने धाउन्नमा छिन् ।

राजनीतिमा समेत लागेकी करिश्मा आजभोलि भने कुनै पार्टीसँग आवद्ध छैनिन् ।

नयाँ शक्ति पार्टीबाट राजनीति गरेकी मानन्धरले नयाँ शक्ति र संघीय समाजवादी फोरमका बीचमा पार्टी एकतापछि राजनीति छोडेकी थिइन् ।

यतिबेला नेपालमा लकडाउन भइरहेका बेला करिष्मा घरमै समय बिताइरहेकी छिन् । कोरोना भाइरसको सन्त्रासका कारण यस वर्ष होलीको कार्यक्रम पनि करिष्माले गरिनन् । जबकि, करिष्माले हरेक वर्ष होलीमा आफन्त र कलाकारलाई बोलाएर घरमै होली मनाउने गर्छिन् ।

कोरोनाको लडाइँका लागि भन्दै सरकारले खडा गरेको कोषमा केही कलाकारले सहयोग रकम दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कलाकारले सहयोग नदिएको भन्दै टिप्पणी र मिडियामा समाचार बन्न थालेपछि करिष्माले एक स्टाटस लेख्दै सहयोग गर्ने काम सरकारको भएको बताइन् ।

‘के सेलिब्रेटीले सबै समस्या समाधान गर्नुपर्ने? अनि के काम सरकारको ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने ? जानुस् तपाईंहरूको भगवानलाई खोज्नुस्, तर घर बस्नुस्,’ करिष्माले लेखेकी थिइन् ।

करिष्माको यो स्टाटसमा नायिका रेखा थापाले पनि सहमति जनाइन् । उनको भनाइ थियो, ‘अरुले यति दिए उति दिएनन् भन्नुभन्दा सक्नेले दिऔं, नसक्नेले मागौं ।’

यता करिष्माले यो स्टाटस सामाजिक सञ्जालबाट हटाइसकेकी छिन् ।

उनले कुरा बुझाउन चाहेको भन्दै अर्को स्टाटस लेखेकी छिन्, ‘एउटा कुरा स्पष्ठ पार्न चाहेँ, केही समाचार माध्यमले मेरो अस्तिको एउटा स्टाटस लाइ अपुरो र अलि नकारात्मक शैलीबाट प्रचार गरेको रहेछ । उक्त स्टाटसमा सेलिब्रेटीले किन सहयोग गर्दैनन् भन्ने बिभिन्न समाचार को खण्ड्न गरेर लेखेकी थिएँ । जसमा जनताले विश्वास गरेका राष्ट्रिय हिरोहरु त यो समयमा लाचार छन , अरुले के गर्न सक्छौँ ! यो समय सबैलाइ घर बस्न सुझाव दिएकी थिएँ !!’

करिष्माको टिप्पणीलाई लिएर कतिपयले ठीकै भनेको भने पनि कतिले भने यस्तो समयमा असान्दर्भिक तर्क गरेको भन्दै विरोध गरेका थिए । केही सञ्चार माध्यममा कलाकारले यस्तो बेलामा किन सहयोग गरेका छैनन् भन्ने समाचार आएपछि करिष्माले उक्त स्टाटस लेखेकी थिइन् ।

त्यसो त नेपालमा कलाकारसँग कमाइको स्रोत पर्याप्त छैन । अन्य देशका कलाकारले करोडौं सहयोग गरे पनि नेपालमा कलाकारलाई सहयोग गर्न त परको कुरा लकडाउनका बेला गुजारा चलाउन पनि सोच्नुपर्ने अवस्था छ । जबरजस्ती कलाकारलाई सहयोग गर्न लगाउने कुरा कतिपय कलाकारलाई चित्त बुझेको छैन ।

करिष्माले पनि यही कुरामा असहमति जनाउँदै उक्त स्टाटस लेखेको बताएकी छिन् । उनी भन्छिन्, ‘कलाकार स्ंस्कृति को संवाहक हो । उसले गरेको हरेक कृयाकलाप र बोलेका शब्दहरुले नकारात्मक र सकारात्मक संदेशहरु दिइरहेको हुन्छ । यो अवस्था भ्रम फैलाउने अवस्था होइन । अहिले हामि ‘लक डाउन’ को अवस्थामा छौं, तेहि नियमको पालना गरौं । म आफ्नो तर्फबाट सरकार मार्फत आफुले सक्दो सहयोग गर्न सदैव तत्पर छु ।’

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : ५१ बजे

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद

गण्डकीमा कर्मचारी व्यवस्थापनमा मनोमानी, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउँदै पन्छिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते

मोरङको सुन्दरहरैँचास्थित पञ्चायत मावि भवनको शिलान्यास

काठमाडौं– मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं– एनसेलका ग्राहकले एनसेल एपमार्फत अब प्रत्येक१०० रुपैयाँ र सो भन्दा