भारतीय नागरिक जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्‍यो हवाई फायर | Khabarhub Khabarhub

भारतीय नागरिक जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले गर्‍यो हवाई फायर


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय नागरिकको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा गोली चलेको छ ।

सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फायर गरेको हो ।

ठूलो समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गरेको थियो । उनीहरुले प्रहरीका हतियार खोस्न प्रयास गरेका थिए । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०/४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । अहिले स्थिति सामान्य बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ३९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड