काठमाडौं-१० मा आवतजावत र भेटघाटमा लगाइएको रोक फुक्का « Khabarhub

काठमाडौं-१० मा आवतजावत र भेटघाटमा लगाइएको रोक फुक्का


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमण भएका बिरामीको सम्पर्कमा भएका महानगरको वडा १० बानेश्वर फुलचोकी मार्गका सबैको नतिजा नेगेटिभ आएको छ ।

त्यस क्षेत्रमा बस्ने एक व्यक्तिलाई जेठ २ गते गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि जनस्वास्थ्य महाशाखाले कन्ट्रयाक ट्रेसिङ् गरेर बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका ४० जनाको जेठ १२ गते पिसिआर (पोलिमेयर चेन रियाक्सन) र अप्रत्यक्ष सम्पर्कमा रहेका १० जनाको आरडिटि (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) बिधिबाट नमूना लिइएको थियो ।

बिरामीलाई ७ गते उपचारका लागि अस्पताल लगिएको थियो भने बस्ने घरसहित ३ वटा घरमा बस्ने परिवारलाई घरभित्रबाहिर आउन जान, कसैसँग भेटघाट गर्न रोक लगाएर निगरानी गरिएको थियो ।

‘परीक्षण गरिएकाको रिपोर्ट नेगेटिभ आउनु हामी वडाबासी र सबै महानगरबासीका लागि खुशीको कुरा हो,’ वडाध्यक्ष रामकुमार केसीले भने, ‘अहिले परिवारका सबै सदस्यलाई आवतजावत र भेटघाट गर्न खुल्ला गरिएको छ । निगरानीमा रहुञ्जेल हामीले आवश्यक पर्ने खाद्यान्न, पानी, मास्क र स्यानिटाइजरको व्यवस्था गरेका थियौं । हामीले यस अवस्थाबाट भयभीत नहुन तर सचेत हुन अनुरोध गरिरहेका थियौं । ‘

यसैगरी जेठ १६ गते वडा १६ को जुडो हलमा कन्ट्रयाक्ट ट्रेसिङ्का २६ जना व्यक्तिको स्वाब नमूना संकलन गरिएको छ । बनस्थली र सोह्रखुट्टे फलफुल चोक क्षेत्रमा भेटिएका विरामीको सम्पर्कमा रहनुभएका परिवार र आफन्तको नमूना संकलन गरिएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।

नमूना संकलन गरिएका परिवार र व्यक्तिहरुलाई आवतजावत गर्न र आफन्त वा अन्य कसैसँग भेटघाटमा रोक लगाइएको वडाध्यक्ष मुकुन्द रिजालले बताए । उनकाअनुसार निगरानीमा राखिएका परिवारको खाद्यान्नलगायत अत्यावश्यक र दैनिक जीवनसँग सम्बन्धित काममा वडाले सहयोग गरिरहेको छ ।

बनस्थलीमा ३ बर्षका बालकमा संक्रमण देखिएपछि २ गते अस्पताल भर्ना गरिएको थियो भने सोह्रखुट्टेमा ५९ बर्षिय पुरुष ११ गते अस्पताल भर्ना गरिएको वरिष्ट निरीक्षक ज्ञानबहादुर ओलीले जानकारी दिए । उनका अनुसार बनस्थलीका विरामीलाई डिस्चार्ज गरिसकिएको छ भने सोह्रखुट्टेका बिरामी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ०८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,