काठमाडौं-१० मा आवतजावत र भेटघाटमा लगाइएको रोक फुक्का | Khabarhub Khabarhub

काठमाडौं-१० मा आवतजावत र भेटघाटमा लगाइएको रोक फुक्का


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमण भएका बिरामीको सम्पर्कमा भएका महानगरको वडा १० बानेश्वर फुलचोकी मार्गका सबैको नतिजा नेगेटिभ आएको छ ।

त्यस क्षेत्रमा बस्ने एक व्यक्तिलाई जेठ २ गते गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि जनस्वास्थ्य महाशाखाले कन्ट्रयाक ट्रेसिङ् गरेर बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका ४० जनाको जेठ १२ गते पिसिआर (पोलिमेयर चेन रियाक्सन) र अप्रत्यक्ष सम्पर्कमा रहेका १० जनाको आरडिटि (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) बिधिबाट नमूना लिइएको थियो ।

बिरामीलाई ७ गते उपचारका लागि अस्पताल लगिएको थियो भने बस्ने घरसहित ३ वटा घरमा बस्ने परिवारलाई घरभित्रबाहिर आउन जान, कसैसँग भेटघाट गर्न रोक लगाएर निगरानी गरिएको थियो ।

‘परीक्षण गरिएकाको रिपोर्ट नेगेटिभ आउनु हामी वडाबासी र सबै महानगरबासीका लागि खुशीको कुरा हो,’ वडाध्यक्ष रामकुमार केसीले भने, ‘अहिले परिवारका सबै सदस्यलाई आवतजावत र भेटघाट गर्न खुल्ला गरिएको छ । निगरानीमा रहुञ्जेल हामीले आवश्यक पर्ने खाद्यान्न, पानी, मास्क र स्यानिटाइजरको व्यवस्था गरेका थियौं । हामीले यस अवस्थाबाट भयभीत नहुन तर सचेत हुन अनुरोध गरिरहेका थियौं । ‘

यसैगरी जेठ १६ गते वडा १६ को जुडो हलमा कन्ट्रयाक्ट ट्रेसिङ्का २६ जना व्यक्तिको स्वाब नमूना संकलन गरिएको छ । बनस्थली र सोह्रखुट्टे फलफुल चोक क्षेत्रमा भेटिएका विरामीको सम्पर्कमा रहनुभएका परिवार र आफन्तको नमूना संकलन गरिएको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।

नमूना संकलन गरिएका परिवार र व्यक्तिहरुलाई आवतजावत गर्न र आफन्त वा अन्य कसैसँग भेटघाटमा रोक लगाइएको वडाध्यक्ष मुकुन्द रिजालले बताए । उनकाअनुसार निगरानीमा राखिएका परिवारको खाद्यान्नलगायत अत्यावश्यक र दैनिक जीवनसँग सम्बन्धित काममा वडाले सहयोग गरिरहेको छ ।

बनस्थलीमा ३ बर्षका बालकमा संक्रमण देखिएपछि २ गते अस्पताल भर्ना गरिएको थियो भने सोह्रखुट्टेमा ५९ बर्षिय पुरुष ११ गते अस्पताल भर्ना गरिएको वरिष्ट निरीक्षक ज्ञानबहादुर ओलीले जानकारी दिए । उनका अनुसार बनस्थलीका विरामीलाई डिस्चार्ज गरिसकिएको छ भने सोह्रखुट्टेका बिरामी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ०८ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड