दादुरा – रुबेलाविरुद्धको खोप अभियान शुरू « Khabarhub

दादुरा – रुबेलाविरुद्धको खोप अभियान शुरू


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगन भएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान शुरू भएको छ ।

गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगन भएको थियो । धवलागिरी, मालिका र मङ्गला गाउँपालिकामा लकडाउनकैबीच बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइएको थियो ।

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको खोप अभियान बेनी नगरपालिकामा शनिबारदेखि शुरू भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

स्वास्थ्य सेवा विभागको निर्देशनानुसार कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट र स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन भएको लम्सालले बताए ।

उनका अनुसार जेठ २१ गतेभित्रै लक्षित सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत २०७६ चैत १० देखि २९ गतेसम्म दादुरा–रुबेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने समयतालिका लकडाउनका कारण प्रभावित भएको थियो ।

अन्य खोप सेवा भने वैशाख दोस्रो सातादेखि नै शुरु भएका छन् । नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभर खोप अभियानमा ३६५ खोप केन्द्रमा ७४० खोपकर्ता परिचालन भएका छन् । दादुरा–रुबेला रोगविरुद्ध खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको छ ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट वञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न (शून्य डोज) सकेको छैन ।

नेपालमा विसं २०३४ मा बिफर उन्मूलनपछि खोप थपिँदै जाने क्रममा हाल ११ खोप सञ्चालनमा रहेको छ ।

बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकताका साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।

सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुबेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रूपमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो ।

देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ । विसं २०७२ मा म्याग्दी र २०७५ भदौमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : १२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,