आइसीसी टेस्ट ब्याट्सम्यानको शीर्ष स्थानमा अष्ट्रेलियाका स्मिथ यथावत « Khabarhub

आइसीसी टेस्ट ब्याट्सम्यानको शीर्ष स्थानमा अष्ट्रेलियाका स्मिथ यथावत


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आईसीसीको टेस्ट ब्याट्सम्यानको वरीयतामा अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ शीर्ष स्थानमा कायमै रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा पनि स्मिथ शीर्ष स्थानमा यथावत रहेका हुन् ।

ब्याटिङतर्फ भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली दोस्रो स्थानमा यथावत रहेका छन् ।

यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो, इंग्ल्याण्डका बेन स्टोक्स चौथो र न्युजिल्याण्डका केन विलियम्सन पाँचौ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत छन् भने न्युजिल्यान्डका निल वाग्नेर दोस्रो स्थानमा रहेका छन् ।

इंग्ल्यान्डका स्टुवार्ट ब्रोड तेस्रो स्थानमा उक्लिएका छन् । यस्तै न्युजिल्यान्डका टिम साउथी चौथो र वेष्ट इन्डिजका जासन होल्डर पाँचौँ स्थानमा झरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ०६ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय