जुवाखालबाट तीन लाख रूपैयाँसहित नौ जना पक्राउ « Khabarhub

जुवाखालबाट तीन लाख रूपैयाँसहित नौ जना पक्राउ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा जुवाखालबाट तीन लाख ३८ हजार ३४५ सहित नौ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–५ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका दुई घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४० वर्षीय श्याम शाक्य छन् ।

यस्तै रामेछाप दोरम्बा गाउँपालिका तीन घर भई हाल काठमाडौँ सुन्धारा बस्ने  २९ वर्षीय सुमन श्रेष्ठ, ओखलढुङ्गा खिजीकाती गाउँपालिका–९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीयको आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ घर भएका ४७ वर्षीयको दानबहादुर सुवाल, रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल कमलविनायक बस्ने २९ वर्षीय चेतबहादुर थापा मगर रहेका छन् ।

काभ्रे चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्णबहादुर मोक्तान र रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई हाल काठमाडौँ ठूलो भर्‍याङ बस्ने २८ वर्षीय नारायण थापा मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ३६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह