‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ « Khabarhub

‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको विहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको सङ्कटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए ।

कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीबाट फर्केका साथै श्रम बजार प्रवेश गर्ने नयाँ जनशक्तिका लागि पनि अवसर सिर्जना गर्न सबैको सहयोगको खाँचो औँल्याए ।

“हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानव पूँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु हो”, उनले भने ।

मन्त्री डा खतिवडाले रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र त्यसका लागि सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको उल्लेख गर्दै यसले मात्र उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्ने बताए ।

रोजगारी सर्भिसले वेबसाइट, मोबाइल एपलिकेसन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसल प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनलाई उचित रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पुर्‍याउन सहकार्य गर्दै आएको छ । यो अभियान प्रवासी पुनरागमन र अन्य आर्थिकरुपले वञ्चित, समाजिक बहिष्कृत समूहको जीवनयापन आवश्यकताको प्रतिक्रिया दिन अघिल्ला प्रयासमा निर्मित रहेको रोजगारी सर्भिसेसले जनाएको छ ।

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्रराज गिरीले देशमै छ रोजगारी अभियान र युकेएड सीपलगायत सरोकारवालासँगको साझेदारीले नेपालको मानव संसाधनमार्फत रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे।

सो अवसरमा श्रीनगर एग्रो फार्मकी सञ्चालक मौसमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना रहेको बताए । उद्योगी पवन गोल्यानले व्यावसायिक तालीम उपलब्ध गराएको खण्डमा १५ लाख भारतीय नागरिकले नेपालमा गर्ने काम नेपाली कामदारलाई दिन सकिने बताए ।

नेपाली श्रम बजारमा ७१ लाख श्रमिक क्रियाशील छन् । तीमध्ये कृषिमा मात्रै १५ लाख २३ हजार, थोक तथा खुद्रा व्यवसाय १२ लाख ४० हजार, उत्पादन १० लाख ७२ हजार, निर्माण क्षेत्रमा नौ लाख ७८ हजार, शिक्षामा पाँच लाख ५८ हजार, आवास तथा खानामा तीन लाख ७१ हजार श्रमिक आबद्ध रहेको सो अवसरमा जानकारी गराइयो ।

यसैगरी यातायात क्षेत्रमा तीन लाख २२ हजार, मानव स्वास्थ्यमा एक लाख ७१ हजार, सार्वजनिक प्रशासन एक लाख ३३ हजार, बैंक तथा वित्तीय क्षेत्र एक लाख १८ हजार, निजी घरायसी ७३ हजार, प्रशासन ६४ हजार, खानी ५९ हजार, सूचना तथा सञ्चार ६० हजार, प्राविधिक ४४ हजार, पानी वितरणमा ४२ हजार, विद्युत् तथा ग्यासमा ३४ हजार, कला र मनोरञ्जन ३४ हजार, विदेशी नियोगमा १८ हजार र घरजग्गामा १७ हजार आबद्ध छन् ।

रोजगारी परियोजनाले तत्कालै निर्माण क्षेत्रमा एक हजार ४७०, कार्यालय सहयोगीमा एक हजार ४२१, मार्केटिङ अफिसरमा एक हजार चार र निर्माणका कामदार ९५१ जनालाई रोजगारी दिन सकिने जनाएको छ ।

यस्तै रोजगारीमूलक तालिममार्फत बेकरी क्षेत्रमा एक हजार, व्यावसायिक बाख्रापालन तालीमबाट एक हजार ५००, एक्साभेटर र लोडरमा एक हजार ५०० लाई रोजगारी दिन सकिने बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ५१ बजे

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन सञ्चालनमा

काठमाडौं– कास्कीको पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि

भ्रामक पोस्टरप्रति सुहाङको आपत्ति, सतर्क रहन सञ्चारकर्मीलाई आग्रह

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आफ्नो नाम र तस्बिर

स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै