विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो « Khabarhub

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४० लाख ३९ हजार ८७२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४१ हजार ९०६ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५४ लाख ३९ हजार ८०४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १६ हजार ९८८ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ५९ हजार ४९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ५५ को मृत्यु भएको छ ।

एशियामा ४२ लाख १८ हजार ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९५ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख १२ हजार ७४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ३६४ जनाको मृत्यु भएको छ ।

ओसियानामा १८ हजार ६४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : २९ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका