कौसी खेतीबाट मासिक ५० करोडको तरकारी | Khabarhub Khabarhub

कौसी खेतीबाट मासिक ५० करोडको तरकारी


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् ।

पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । महानगरले ‘छुट्याऔँ फोहर, बनाऔँ मोहर’ भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा महानगरका ११ वडामा अभियान सञ्चालन गरिने कडरियाले बताए ।

अभियान सञ्चालन गर्न पोखरा महानगरप्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १४८ सदस्यीय मूल समिति गठन गरिएको छ । अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझावसमेत सङ्कलन गरिएको छ ।

महानगर प्रमुख जिसीले घरमा उत्पादन हुने फोहरलाई तीन प्रकारले वर्गीकरण गरी सङ्कलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फोहरमध्ये कुहिने फोहरलाई प्राङ्गारिक मल तथा ऊर्जा निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए ।

जिसीका अनुसार फोहर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घरघरमा तीन प्रकारका फोहरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका सङ्कलन प्रक्रियालाई यथास्थितिमा नै आगामी चार महिनासम्म निरन्तरता दिने, चार महिनाभित्रमा फोहरमैला व्यवस्थापन, मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गरिनेछ ।

अभियानलाई क्रमशः सबै वडामा विस्तार गर्ने र वडाध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा मूल समिति र सचिवालय समिति गठन गरी फोहर मैला व्यवस्थापन गरिने मूल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका साही योगीले जानकारी दिए ।

योगीका अनुसार कुन वडामा कहिलेदेखि अभियान थाल्ने बारेमा सचिवालयको बैठकले निर्णय गर्नेछ । सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखरामा दैनिक १८२ टन फोहर उत्पादन हुने गरेको बताए । उनका अनुसार फोहरमध्ये ८० प्रतिशत घरयासी फोहर नै उत्पादन हुने गरेको छ ।

कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए ।

पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मूल समितिका सदस्यसचिव कल्पना बरालले पोखरामा २०३६ सालमा कुचीकारका रूपमा कर्मचारी नियुक्ति गरेर सरसफाइको काम अगाडि बढेको र २०४६ बाट सवारी साधन ल्याएर फोहर व्यवस्थापन गरिएको बताए ।

बरालका अनुसार पोखरामा विसं २०५५ मा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको र २०५९ सालमा सम्पन्न भए पनि २०६१ सालदेखि ल्यान्डफिलमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : २२ बजे

काभा यु–२० च्याम्पियनसिप : नेपाल उज्वेकिस्तानसगँ पराजित

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन : गृहमन्त्री

धुलिखेल – गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज रु चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज विभिन्न संस्थाबाट

दसैँ अगाडि नै नागरिकका घरमा खानेपानी पुर्‍याउँछौँ : मन्त्री यादव

काठमाडौं– खाने पानीमन्त्री प्रदीप यादवले दसैँ अगाडि नै काठमाडौँवासीका घरमा

आजका समाचार :  परराष्ट्रसहित शीतल निवासमा प्रधानमन्त्री, दशैँमा पनि पानी पर्ने र माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा 

परराष्ट्रमन्त्रीसहित प्रधानमन्त्री शीतल निवासमा, राष्ट्रसंघ महासभाबारे ब्रिफिङ राष्ट्रपति रामचन्द्र पौडेल