श्रम स्वीकृति खुलाउने सरकारको निर्णय « Khabarhub

श्रम स्वीकृति खुलाउने सरकारको निर्णय


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो।

‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा श्रम गन्तव्यको मागको आधारमा श्रम स्वीकृति खुला गर्ने गर्ने निर्णय भएको छ’, उनले भने, ‘धेरै समयदेखि श्रम स्वीकृति अड्किएको थियो।  श्रम स्वीकृति खुला गर्ने निर्णयले रोजगार गन्तव्यमा जान तयारी श्रमिकलाई सजिलो हुनेछ।

मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागिएको नियमित अन्तर्राष्ट्रिय हवाई उडानको संख्या थप्ने निर्णय पनि गरेको छ।

यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। आइतबारको मन्त्रिपरिषद्ले उडान संख्या थप गर्ने निर्णय गरेर ८ सयसम्म यात्रु नेपाल आउन पाउने व्यवस्था गरेको हो।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ६ : १९ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा