विश्वमा एकैदिन २ लाख ५१ हजार संक्रमण मुक्त, निको हुने दर ७२ प्रतिशत « Khabarhub

विश्वमा एकैदिन २ लाख ५१ हजार संक्रमण मुक्त, निको हुने दर ७२ प्रतिशत


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढीले कोरोना जितेका छन् ।

कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर संक्रमित भएका ४ करोड ५८ लाखभन्दा बढीमा संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म ३ करोड ३२ लाख ३७ हजार ७६४ जना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७२.२४ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार १७३ जनामा संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड १४ लाख ६० हजार नाघेको छ । त्यसमध्ये ८३ हजार १९१ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४८५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २१२ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९३ लाख १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८१ लाख ३६ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५५ लाख १९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६३ हजार ९० जनाको मृत्यु भएको छ । ९७ लाख ११ हजार ७४८ जना संक्रमित भएकोमा ३७ लाख २३ हजार ५६० जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : ४३ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ