यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु (भिडियोसहित) « Khabarhub

यमनमा प्रधानमन्त्री र मन्त्री लक्षित आक्रमण, कम्तीमा २२ जनाको मृत्यु (भिडियोसहित)


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।

सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्।

यमनको एउटा समाचार वेबसाइट अल-मस्दरलाई उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ।

सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाएका छन्।

बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भीड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।

 हेर्नुहोस् बीबीसीको यो भिडियो

त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो। त्यहाँ कम्तीमा दुई वटा विस्फोट भएको जनाइएको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन स्थापित गर्न सैन्य कारबाही सुरु गरेसँगै यमनमा फेरि आक्रमणका घटना बढेका छन् ।

सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ । त्यहाँ द्वन्द्वले अहिलेसम्म ११०,००० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : ५० बजे

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ