वैज्ञानिकले बनाए सपना नै ‘ह्याक’ गर्ने ‘डिभाइस’ ! « Khabarhub

वैज्ञानिकले बनाए सपना नै ‘ह्याक’ गर्ने ‘डिभाइस’ !


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आज हामी तपाईलाई यो आधुनिक युगको एउटा अनौठो रहस्यको बारेमा जानकारी दिनेछौँ ।

सपनालाई ह्याक गर्न सकिन्छ भन्ने खबर सुन्दा तपाईलाई अचम्म त लाग्यो नै होला ।  तर वैज्ञानिकहरुले सपनालाई ह्याक गर्ने डिभाइस बनाएका छन् ।

उक्त डिभाइसबाट अब कसैका पनि सपना ह्याक गर्न सकिने भएको छ । साथै डिभाइसको माध्यमबाटै सपनालाई कन्ट्रोल गर्न पनि सकिने भएको छ ।

एमआईटी वैज्ञानिकहरु यस टेक्नोलोजिमा काम गरिरहेका छन् । उक्त डिभाइरसबाट सपना ह्याक गर्नका साथै सपनालाई बदल्न पनि सकिने छ । केहि वैज्ञानिकहरुले भने निदाएको बेला देखिने सपनाले जीवनमा केहि असर नपर्ने बताएका छन् । सन् २०१७ मा लञ्च भएको एमआईटीको ड्रिम ल्याबको ओपिनियन भने फरक रहेको छ ।

वैज्ञानिकहरुले निदाएको बेला देखिने सपनाले वास्तविक जीवनमा पनि असर पर्ने बताएका थिए । ड्रिम ल्याब रिसर्चर एडम होरोविट्ज, मानिसहरु आफ्नो जीवनको एक तिहाई समयमा आफूले आफूलाई र आफ्नो जिन्दगीलाई सपनाबाटै एक किसिमले एकदमै मजबुत बनाईसक्ने बताउँछन् ।

अहिले निर्माण भएको डिभाइसबाट सपनाको आवाज समेत रेकर्ड हुन वैज्ञानिकहरुको दाबी छ । रिसर्चका अनुसार निन्द्राबाट ब्युँझनु भन्दा पहिलाको बेला सेन्सर्सको माध्यमबाट सपना बदल्न सकिन्छ । इनपुट्सको प्रयोग पछि निन्द्राबाट उठ्नु भन्दा अगाडि त्यसको प्रतिक्रिया पाइन्छ । टेस्ट गर्दा यसबारे पोजेटिभ रिजल्ट आएको वैज्ञानिकहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ६ : ५० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल