वैज्ञानिकले बनाए सपना नै ‘ह्याक’ गर्ने ‘डिभाइस’ ! « Khabarhub

वैज्ञानिकले बनाए सपना नै ‘ह्याक’ गर्ने ‘डिभाइस’ !


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आज हामी तपाईलाई यो आधुनिक युगको एउटा अनौठो रहस्यको बारेमा जानकारी दिनेछौँ ।

सपनालाई ह्याक गर्न सकिन्छ भन्ने खबर सुन्दा तपाईलाई अचम्म त लाग्यो नै होला ।  तर वैज्ञानिकहरुले सपनालाई ह्याक गर्ने डिभाइस बनाएका छन् ।

उक्त डिभाइसबाट अब कसैका पनि सपना ह्याक गर्न सकिने भएको छ । साथै डिभाइसको माध्यमबाटै सपनालाई कन्ट्रोल गर्न पनि सकिने भएको छ ।

एमआईटी वैज्ञानिकहरु यस टेक्नोलोजिमा काम गरिरहेका छन् । उक्त डिभाइरसबाट सपना ह्याक गर्नका साथै सपनालाई बदल्न पनि सकिने छ । केहि वैज्ञानिकहरुले भने निदाएको बेला देखिने सपनाले जीवनमा केहि असर नपर्ने बताएका छन् । सन् २०१७ मा लञ्च भएको एमआईटीको ड्रिम ल्याबको ओपिनियन भने फरक रहेको छ ।

वैज्ञानिकहरुले निदाएको बेला देखिने सपनाले वास्तविक जीवनमा पनि असर पर्ने बताएका थिए । ड्रिम ल्याब रिसर्चर एडम होरोविट्ज, मानिसहरु आफ्नो जीवनको एक तिहाई समयमा आफूले आफूलाई र आफ्नो जिन्दगीलाई सपनाबाटै एक किसिमले एकदमै मजबुत बनाईसक्ने बताउँछन् ।

अहिले निर्माण भएको डिभाइसबाट सपनाको आवाज समेत रेकर्ड हुन वैज्ञानिकहरुको दाबी छ । रिसर्चका अनुसार निन्द्राबाट ब्युँझनु भन्दा पहिलाको बेला सेन्सर्सको माध्यमबाट सपना बदल्न सकिन्छ । इनपुट्सको प्रयोग पछि निन्द्राबाट उठ्नु भन्दा अगाडि त्यसको प्रतिक्रिया पाइन्छ । टेस्ट गर्दा यसबारे पोजेटिभ रिजल्ट आएको वैज्ञानिकहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ६ : ५० बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ