७२ पटक गोमन सर्पले डसे पनि जीवितै छन् सुब्रमण्यम « Khabarhub

७२ पटक गोमन सर्पले डसे पनि जीवितै छन् सुब्रमण्यम


१६ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केही घटनाहरु रोचक आश्चर्यजनक हुन्छन् । जो हतपत पत्याउन ग्राहो हुन्छ । यस्तै घटना भएको छ भारतमा । भारतका एक ब्यक्तिलाई विषालु गोमन सर्पले ७२ पटक टोकेको छ तथापी उनी अझै जीवित छन् ।

भारतको आन्ध्र प्रदेशको चित्तूर जिल्लाको कुम्मारा गुण्टा गाउँका सुब्रमण्यमलाई ७२ पटकसम्म विषालु गोमन सर्पले डसेको छ । सुब्रमण्यमका अनुसार उनी कक्षा ५ मा हुदाँ पहिलो पटक सर्पले डसेको थियो । त्यसयता यस्तो कुनै बर्ष छैन उनलाई सर्पले नडसेको होस् ।

सुब्रमण्यमका अनुसार उनको प्रायः हरेक वर्ष औसीं तिथीका दिन सर्पको सामना हुन्छ । तसर्थ उनी औसीं तिथीका दिन घरबाट बाहिर निस्कन चाहदैनन् । उनलाई विगत ३२ वर्षयता हरेक वर्ष सर्पले डस्ने गरेको छ । जसका कारण उनी निकै दुखी महसुस गर्दछन् ।

सुब्रमण्यम सर्पले डस्ने डरका कारण घरबाट बाहिर निस्कन चाहदैनन् । तर किसान भएका कारण उनी कामकालागी बाहिर जानु बाध्यता बन्दछ ।

सर्पले डसेसंगै उनको हरेक पटक उपचारमा ५० हजार भारु खर्च हुने गरेको छ । उपचार खर्च जुटाउनै धौधौ परेको उनी बताउँछन् । तसर्थ उनी भगवान्को आराधना गर्दै आफूलाई सर्पले नडसोस् भनि प्राथना गरेर मात्र काममा निस्कने गर्दछन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ११ : ०६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल