जब गौहर खानले विवाहको दुई दिनपछि सयोंगवश पूर्वप्रेमी भेटिन् « Khabarhub

जब गौहर खानले विवाहको दुई दिनपछि सयोंगवश पूर्वप्रेमी भेटिन्


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री गौहर खानले डिसेम्बरमा २५ चर्चित संगीतकार इस्माइल दरबारका छोरा जैद दरबारसँग विवाह गरिन् । कामको चापका कारण उनी विवाहको पर्सिपल्टै लखनउको सुटिंगकालागी निस्किइन् । तर संयोगवश फ्लाइटमा उनको भेट पूर्वप्रेमी अभिनेता कुशाल टण्डनसँग भयो ।

कुशाल टण्डनले सामाजिक सञ्जालमा पूर्वप्रेमिका गौहरसँगको भेटको तीन भिडियो सेयर गरेका छन् । जहाँ दुई दिनअघि विवाह भएकी गौहर आफ्नो पूर्वप्रेमी कुशालसँग सँगै बसेको देखिन्छ । कुशालले भिडियो सेयर गर्दै लेखेका छन्, ‘एक सुन्दर संयोग विवाहको शुभकामना गौहर खान ।’

भिडियोमा कुशालले आफू जन्मथलो जादैं गर्दा विमानमा गौहरसँग भेट भएको बताएका छन् । उनले भिडियोमा संयोगले प्रिय साथी गौहरसँग भेट भएको बताउँछन् । उनको कुरा सुनेर गौहर मन्द मुस्कानमा हास्छिन् ।

गौहर खान र कुशाल टण्डनले एकसाथ बिग बोस ८ मा भाग लिएका थिए । जहाँ गौहर शोको विजेता बनेकी थिइन् । उनीहरुबीच बिगबोसको घरबाटै प्रेम सुरुवात भएको थियो ।

पछि बिग बोसको घरबाट निस्कदासमेत उनी रिलेसनमा थिए तर अचानक उनीहरुको ब्रेकअप भयो । त्यसपछि गौहरले हालैमा जैद दरबारसँग विवाह गरिन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ५७ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष