हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिँदै « Khabarhub

हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिँदै


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– आन्तरिक तथा बाह्य पर्यटकको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा थप पर्यटकीय गन्तव्यको विकास गरिएको छ ।

यही मङ्सिर १८ गते नेरिका एडभेन्चरर्सका आरोहीसतिस मान पतिको नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रको पाँच हजार ६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफलतापूर्वक आरोहण गरेको हो ।

हेलम्बु गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि हेलम्बु हाइसर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्यअनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि छ हजार मिटर उचाइसम्मका हिमालको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको जनाइएको छ । हेलम्बु र लाङटाङ क्षेत्र बीचको नयाँ गङ्गा र पावेल पिक आरोहण बाटो पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाइएको छ ।

हेलम्बु क्षेत्रमा पाँच हजारभन्दा माथिका नौवटा पिक रहेको र उक्त ठाउँमा जाने दोहोरो बाटो निर्माण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने बाटोको विकास भइरहेको उहाँको भनाइ छ । यसले हेलम्बुलगायत सिन्धुपाल्चोकको पर्यटन विकासमा ठूलो योगदान पुर्‍याउने गाउँपालिकाको विश्वास छ ।

सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने धेरै रमरणीय क्षेत्र छन् । दूरीको हिसाबले राजधानीबाट नजिकै रहेको हेलम्बु क्षेत्रमा विभिन्न पर्यटकीय आकर्षक गन्तव्य रहेको छ ।

हेलम्बुको प्रमुख आकर्षण जय बागेश्वरी मन्दिर, पाल्चोक घ्याङ, मेलम्ची घ्याङ, निर्माणाधीन हेलम्बु हिमालयन ग्रेट ट्रेल, तार्केघ्याङ, सेर्माथाङ, आमा याङरी, मिलारेप्पा गुफा, घोप्टेघ्याङ प्याराग्लाइडिङलगायत बन्जिजम्पिङका लागि पुल निर्माणको काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : ४२ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको