पाकिस्तानमा हिन्दु धर्मका सन्तको समाधीस्थल जलाइयो « Khabarhub

पाकिस्तानमा हिन्दु धर्मका सन्तको समाधीस्थल जलाइयो


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लावाद– पाकिस्तानमा एक हिन्दु धर्मका सन्त श्री परमहंस महाराजको समाधी स्थल जलाइएको छ।

पाकिस्तानको खैबर पख्तुनख्वहाको करक जिल्लास्थित पवित्र समाधी स्थल स्थानीय भिडले जलाएको बीबीसीले जनाएको छ।

समाधी स्थल नजिकै एक हिन्दुले घर बनाउन थालेपछि भड्किएका स्थानीय मुस्लिमहरुले सो समाधी जलाइदिएको बताइएको छ।

स्थानीय मुस्लिहरुले सो घर बनाएको विषयमा स्थानीय प्रशासनमा उजुरी पनि गरेको जनाइएको छ। सो गाउँमा हिन्दुको वस्ती नरहेको बताइन्छ। ती व्यक्तिले घर बनाउ लागेको जमिन सोही समाधीको रहेको स्थानीयको विश्वास थियो।

तर, त्यहाँ घर बन्न थालेपछि स्थानीयले विरोध जनाएका थिए। स्थानीयले विरोध प्रदर्शनको कार्यक्रम पनि रहेको स्थानीय प्रशासनलाई जानकारी दिएका थिए। तर, प्रशासनले लापरबाही गर्दा सो घटना भएको जनाइएको छ।

विरोध प्रदर्शंनमा एक मौलानाले उत्तेजक भाषण गरेपछि अनियन्त्रित भीडले सो समाधी जलाएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १० : ०७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु