कुकुरको बच्चा भन्दै पालेको २ वर्षपछि बन्यो भालु ! « Khabarhub

कुकुरको बच्चा भन्दै पालेको २ वर्षपछि बन्यो भालु !


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको यूनान प्रान्तमा बस्ने सू युन र उनको परिवारलाई पनि कुकुर पाल्ने रहरले एक कुकुर किनेर घर लगे ।

किन्दा व्यापारीले उक्त कुकुर मास्तिफ प्रजातीको भएको बताएका थिए । पाल्दै जाँदा बच्चा बढ्दै गयो । कुकुरको तुलनामा धेरै खानेकुरा खाँदै गयो ।

उसले हरेक विशान २ बाल्टी पास्ता र १ भाँडो फल खान्थ्यो । बढ्दै गएपछि कुकुर अनौठो स्वरमा कराउन थाल्यो । सू युनको परिवार बिशेष प्रकारको कुकुर होला भनेर चुप लागेरै बसे । एक दिन कुकुर आफै उभियो ।

यो देखेपछि पनि परिवारले यो प्रजातीको यस्तो खुबी होला भन्ने सोचेर चुप नै रहे । २ वर्षको उमेरमा कुकुर १ मीटर अग्लो र ११० किलोको भयो । साथै दाँत पनि लगातार बढन थाले ।

यति सबै भईसकेपछि उनीहरु पशु चिकित्सककोमा पुगे । जब चिकित्सकले जनावर हेरेर भालु बताए तब सबै हैरा भए । यसलाई मून भालु वा तिब्बती भालु भनेर चिन्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ४५ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा