राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीमा कोरोना देखियो « Khabarhub

राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीमा कोरोना देखियो

बैठक ४ बजे नै सुरु हुने


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स‌ंक्रमित सांसदको नाम भने गोप्य राखिएको छ । बाँकी सांसदलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको म्यासेज आएको छ ।

पहिले नै संक्रमणमा परेका संसद सचिवालयका कर्मचारीको पुन: परीक्षण गर्दा कोरोना देखिएको र एक सांसद पनि अहिले अरुको सम्पर्कमा नरहेकाले बैठक तोकिएकै समय ४ बजे सञ्चालन हुनेछ ।

सचिवालयका अनुसार बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए।

प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : २८ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष