राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीमा कोरोना देखियो | Khabarhub Khabarhub

राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीमा कोरोना देखियो

बैठक ४ बजे नै सुरु हुने


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स‌ंक्रमित सांसदको नाम भने गोप्य राखिएको छ । बाँकी सांसदलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको म्यासेज आएको छ ।

पहिले नै संक्रमणमा परेका संसद सचिवालयका कर्मचारीको पुन: परीक्षण गर्दा कोरोना देखिएको र एक सांसद पनि अहिले अरुको सम्पर्कमा नरहेकाले बैठक तोकिएकै समय ४ बजे सञ्चालन हुनेछ ।

सचिवालयका अनुसार बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए।

प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : २८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको