सेयर बजार नेप्से ३७.७ अंकले बढ्यो « Khabarhub

सेयर बजार नेप्से ३७.७ अंकले बढ्यो


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  साताको दोस्रो दिन नेप्से  ३७.७ अंकले बढेर २४०८.८ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि ४. ९५ अंकले बढेर ४३७.२८ बिन्दुमा चढेको छ ।

आज दुई सय तीन वटा कम्पनीहरुको ६५ हजार सात सय ७८ पटकको कारोवारमा एक करोड ३३ लाख ११ हजार नौ सय ४२ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज छ अर्ब ९७ करोड २९ लाख ३६ हजार पाँच सय २९ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक २० दसमलव चार अंकले बढेर १६ सय ८९ दसमलव ६६ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दसमलव छ अंकले बढेर १८ सय ७६ दसमलव ९१ बिन्दुमा चढेको छ ।

यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचकहरु पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सेञ्चुरी कर्मसियल बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ५३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कालिका माईक्रो क्रेडिट लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने छ दसमलव ५६ प्रतिसतले घटेर १२ सय ३९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय १७ रुपैयाँ अन्तिम मुल्यमा ५८ करोड १७ लाख १५ हजार नौ सय २२ रुपैयाँको कारोवार भएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ४४ बजे

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी