विद्यार्थी नेतामाथि कुटपिट गर्ने प्रहरीलाई ‘नोटिस’मा राखेका छौं : नेता भट्टराई « Khabarhub

विद्यार्थी नेतामाथि कुटपिट गर्ने प्रहरीलाई ‘नोटिस’मा राखेका छौं : नेता भट्टराई


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियूले सोमबार बानेश्वरमा गरेको शान्तिपूर्ण प्रदर्शन सकेर फर्कने क्रममा विद्यार्थी नेता प्रशुन कार्कीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै सो समूहले घटनाको निन्दा गरेको हो ।

नेकपा प्रचण्ड-माधव समूहका नेता एवं नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक समेत रहेका योगेश भट्टराईले सोमबार जारी गरेको प्रेश नोटमा भनिएको छ, ‘शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्स समिती घोर निन्दा गर्दछ । प्रहरीको कुटाइबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं ।’

आन्दोलनकरीमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटिसमा राखेको नेता भट्टराईले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : ३७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले