विद्यार्थी नेतामाथि कुटपिट गर्ने प्रहरीलाई ‘नोटिस’मा राखेका छौं : नेता भट्टराई « Khabarhub

विद्यार्थी नेतामाथि कुटपिट गर्ने प्रहरीलाई ‘नोटिस’मा राखेका छौं : नेता भट्टराई


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियूले सोमबार बानेश्वरमा गरेको शान्तिपूर्ण प्रदर्शन सकेर फर्कने क्रममा विद्यार्थी नेता प्रशुन कार्कीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै सो समूहले घटनाको निन्दा गरेको हो ।

नेकपा प्रचण्ड-माधव समूहका नेता एवं नेकपा केन्द्रीय संघर्ष समितिका सहसंयोजक समेत रहेका योगेश भट्टराईले सोमबार जारी गरेको प्रेश नोटमा भनिएको छ, ‘शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्कनेक्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा रखेपछी प्रहरीद्वारा निर्मम कुटपिट गरेको घटनाको नेकपा केन्द्रीय संघर्स समिती घोर निन्दा गर्दछ । प्रहरीको कुटाइबाट प्रशुन कार्कीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दछौं ।’

आन्दोलनकरीमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटिसमा राखेको नेता भट्टराईले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ७ : ३७ बजे

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने