सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन रोकेको सञ्चारमन्त्रीको दावी « Khabarhub

सर्वोच्चको फैसलाले नै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन रोकेको सञ्चारमन्त्रीको दावी


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा राजीनामा गर्न नमिल्ने दावी गरेका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले संवैधानिक र नैतिकताको हिसाबले आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने बताए ।

‘सार्वभौम जनता र संसदीय प्रणालीबाट निर्वाचित प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु तपाईंको दायित्व हो । त्यो तपाईंको जिम्मेवारी र नैतिकताको विषय हो ।’ भनेर सर्वोच्चले गरेको फैसलाको पृष्ठ नौमा उल्लेख भएको मन्त्री गुरुङले बताए ।

उनले भने, ‘अहिले जसले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ भनिरहेका छन् । यस्तै किसिमको विषय उठाउने हो भने उहाँहरुले राजनीतिबाटै सन्यास लिएको राम्रो हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई नैतिकताको पाठ सिकाउनेहरुले आफू कुन राजनीतिक धरातलमा उभिएको छु भनेर विचार गर्न आवश्यक रहेको उनले बताए ।

सर्वोच्चको फैसलाअनुसार पनि प्रधानमन्त्री ओलीले अहिले राजीनामा नगर्ने उनको भनाइ छ । संसद बैठक आव्हान भइसकेकाले प्रधानमन्त्री ओलीले त्यसैअनुसार संसदीय व्यवस्थामा रहेर आगामी दिनमा फैसाला गर्ने उनले बताए ।

यस्तै, मन्त्री गुरुङले विप्लव नेतृत्वको नेकपा मूलधारको राजनीतिमा आउने प्रक्रियामा रहेको र सरकारसँगको वार्ता नजिक पुगेको बताएका छन् ।

सरकारले वार्ताका लागि आव्हान गरेअनुसार केही वार्ता अगाडि बढेको जानकारी दिँदै सकरात्मक नतिजा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘फेरि म विप्लवको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन आव्हान गर्न चाहन्छु ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ५ : १० बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै