नेपालको संविधान दुनियाँकै मौलिक संविधान: सभामुख सापकोटा « Khabarhub

नेपालको संविधान दुनियाँकै मौलिक संविधान: सभामुख सापकोटा


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको दास्रो स्थापना दिवसको अवसरमा गरिएको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सोमबार सभामुख अग्नि सापकोटाले लोकतन्त्रको विकास गर्न नेपालको संविधानले सबै आयामलाई समेटेको बताएका हुन् ।

उनले नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको बताउँदै संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताए ।

साथै उनले पुस ५ गते देखि नेपालको संविधानका विषयमा घनीभूत रुपमा बहस भएको बताउँदै नेपालको मौलिकतालाई आत्मसात गरेको संविधानलाई संशोधन गरेर भए पनि अझै मौलिक बनाउन सकिने बताए ।

सभामुख सापकोटाले संसदको काम जनमुखी हुनुपर्ने बताउदै संसदले लोकतन्त्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ५३ बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले