नेपालको संविधान दुनियाँकै मौलिक संविधान: सभामुख सापकोटा « Khabarhub

नेपालको संविधान दुनियाँकै मौलिक संविधान: सभामुख सापकोटा


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको दास्रो स्थापना दिवसको अवसरमा गरिएको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सोमबार सभामुख अग्नि सापकोटाले लोकतन्त्रको विकास गर्न नेपालको संविधानले सबै आयामलाई समेटेको बताएका हुन् ।

उनले नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको बताउँदै संविधानको उचित कार्यान्वयन गर्नु आजको आवश्यकता रहेको बताए ।

साथै उनले पुस ५ गते देखि नेपालको संविधानका विषयमा घनीभूत रुपमा बहस भएको बताउँदै नेपालको मौलिकतालाई आत्मसात गरेको संविधानलाई संशोधन गरेर भए पनि अझै मौलिक बनाउन सकिने बताए ।

सभामुख सापकोटाले संसदको काम जनमुखी हुनुपर्ने बताउदै संसदले लोकतन्त्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्क गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ५३ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा