चीनले नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने « Khabarhub

चीनले नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

नेपालस्थित चिनियाँ दुतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै थप सहुलियत अनुदानमा खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

चीनले यसअघि नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । योसँगै अब नेपाललाई चीनले १३ लाख सिनोफार्म खोप उपलब्ध गराउनेछ ।

सिनोफार्मलाई नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । चीनले सोही खोप नेपाललाई उपलब्ध‌ गराउने भएको हो । यो खोप कोरोना भाइरसविरुद्ध ८० प्रतिशतसम्म प्रभावकारी हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : २५ बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले