चीनले नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने « Khabarhub

चीनले नेपाललाई थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने


१७ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

नेपालस्थित चिनियाँ दुतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै थप सहुलियत अनुदानमा खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

चीनले यसअघि नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । योसँगै अब नेपाललाई चीनले १३ लाख सिनोफार्म खोप उपलब्ध गराउनेछ ।

सिनोफार्मलाई नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । चीनले सोही खोप नेपाललाई उपलब्ध‌ गराउने भएको हो । यो खोप कोरोना भाइरसविरुद्ध ८० प्रतिशतसम्म प्रभावकारी हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : २५ बजे

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको