इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन « Khabarhub

इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो(सिन्ह्वा)- इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ ।

दुई पटक इजिप्टको प्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

लामो समयदेखि बिरामी भएर उपचार गराएका गान्जौरीको एयर फोर्स हस्पीटलमा निधन भएको हो ।

उनको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गरेका छन् । आफ्नो देश र जनताप्रति अति प्रतिबद्ध नेताको रूपमा उनले पूर्वप्रधानमन्त्री गान्जौरीलाई स्मरण गरेका छन् ।

गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तत्कालीन राष्ट्रपति होस्नी मुवारकअन्तर्गत रहेर प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

दोस्रो पटक भने सन् २०११ मा उनी प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१३ मा उनलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ५ : ४८ बजे

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका