शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद « Khabarhub

शान्तिपूर्ण मतदान सम्पन्न भएकोमा ओलीले दिए सरकारलाई धन्यवाद


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आम रूपमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको भन्दै सरकार, निर्वाचन आयोग, मतदाता तथा निर्वाचनमा खटिएका सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उल्लेख गरेका हुन् । उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेलेको भन्दै सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन् ।

त्यस्तै, निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भएका विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा प्रतिनिधि साथीहरूलाई पनि उनले धन्यवाद दिएका छन् । ओलीले लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ४७ बजे

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय