म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावमा चीनको असहमति « Khabarhub

म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्तावमा चीनको असहमति


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा म्यान्मारका सैन्य नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव चीनले अस्वीकार गरेको छ ।

सैन्य नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव बढाउने काम मात्र गर्ने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका छन् ।

यसअघि म्यान्मारका लागि राष्ट्रसङ्घकी विशेष दूतले आवश्यक कदम चाल्न सुरक्षा परिषद्‌लाई आग्रह गरेकी बीबीसीले जनाएको छ ।

सैन्य ‘कु’ विरुद्ध जारी प्रदर्शनमाथि सेनाले गरिरहेको दमनले म्यान्मारमा गृहयुद्धको खतरा औँल्याइन थालिएको छ ।

अधिकारकर्मीहरूका अनुसार सैन्य कु गरिएको दुई महिनामा पाँच सयभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएका छन्।

गत शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी सुरक्षाकर्मीबाट मारिएपछि ब्रिटेनको आग्रहमा सुरक्षा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो।

शनिवारको घटनालाई लिएर विश्वभरिबाट म्यान्मारको सेनाको चर्को आलोचना भएको थियो।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ८ : २० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु