आमिरको ‘लाल सिंह चड्डा’मा तीन सय बढी कलाकार ! « Khabarhub

आमिरको ‘लाल सिंह चड्डा’मा तीन सय बढी कलाकार !


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को अन्तिम सेड्यूलको तयारी पुरा भएको छ । फिल्ममा ६० अन्य कलाकारको सहभागिता हुनेछ ।

दैनिक भास्करमा प्रकाशित समाचार अनुसार पुरा फिल्ममा तीन सय बढी कलाकार हुनेछन् । फिल्म युनिट यो समयमा प्रमुख अभिनेता आमिर खानको प्रतिक्षा गरिरहेको छ ।

फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्मको अन्तिम भागको सुटिङ कारगिलमा हुनेछ । जहाँ इन्डो–पाकको कारगिल युद्धको सिक्वेन्स छायांकन गरिनेछ ।

फिल्ममा लालसिंह चड्डाका साथ युद्धमा सहभागिता जनाउनका लागि सेनाको एक टुकडी पनि हुनेछ । जसका लागि ५० देखि ६० जना कलाकारको कास्टिङको काम गरिएको छ ।

फिल्ममा सिनियर अफिसरको भूमिका मानव विजले निभाउदैछन् । फिल्ममा आमिरको साथीको भूमिकाका लागि दक्षिण भारतीय कलाकार नागा चैतन्यसँग कुराकानी भइरहेको छ ।

यसअघि यो भूमिकामा विजय सेथुपतीलाई भनिए पनि उनको व्यस्तताका कारण समय दिन सकेका थिएनन् ।

फिल्ममा विजयको स्थानमा नयाँ कलाकार राख्नका लागि आमिरले आफ्नो टिमलाई तीन समूहमा बनाई बंगाल, तमिलनाडु र आन्ध्रप्रदेश अडिसनका लागि गएका थिए ।

फिल्ममा आमिर पञ्जाबी गेटअपमा देखिनेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ३ : ३० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन