महामारी नियन्त्रणमा सहयोग गर्न साउदीसँग आग्रह « Khabarhub

महामारी नियन्त्रणमा सहयोग गर्न साउदीसँग आग्रह


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदीका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्नमा सहयोग गर्न साउदी सरकारलाई आग्रह गरेका छन् ।

सोमबार साउदीको शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) का महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिहसंग भएको भेटवार्तामा राजदूत राजपुतले सहयोग गर्न आग्रह गरेका हुन् ।

आफ्नो कार्यकालको अन्तिम समयमा उनले महानिरीक्षक डा.अब्दुल्लाहको कार्यकक्षमा पुगेर हाल नेपालमा बढदो कोरोना संक्रमण र उपचारको अवस्थाबारे उनलाई जानकारी गराएका हुन् ।

सबै देशहरूमा मानवीय कार्य र समस्यामा परेका मानिसलाई सहयोग र समर्थन गर्न साउदी सरकार तयार रहेको भन्दै उनले नेपाललाई तत्काल चाहिने स्वास्थ्य सामग्री लगायतका उपकरण सहयोग गर्ने बारे साउदी सरकार पनि सकारात्मक रहेको बताईएको छ ।

केही समयअघि मात्र नेपाल सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड-१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री जुटाउन अधिकतम प्रयत्न गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १२ : २५ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र