महामारी नियन्त्रणमा सहयोग गर्न साउदीसँग आग्रह | Khabarhub Khabarhub

महामारी नियन्त्रणमा सहयोग गर्न साउदीसँग आग्रह


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदीका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्नमा सहयोग गर्न साउदी सरकारलाई आग्रह गरेका छन् ।

सोमबार साउदीको शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) का महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिहसंग भएको भेटवार्तामा राजदूत राजपुतले सहयोग गर्न आग्रह गरेका हुन् ।

आफ्नो कार्यकालको अन्तिम समयमा उनले महानिरीक्षक डा.अब्दुल्लाहको कार्यकक्षमा पुगेर हाल नेपालमा बढदो कोरोना संक्रमण र उपचारको अवस्थाबारे उनलाई जानकारी गराएका हुन् ।

सबै देशहरूमा मानवीय कार्य र समस्यामा परेका मानिसलाई सहयोग र समर्थन गर्न साउदी सरकार तयार रहेको भन्दै उनले नेपाललाई तत्काल चाहिने स्वास्थ्य सामग्री लगायतका उपकरण सहयोग गर्ने बारे साउदी सरकार पनि सकारात्मक रहेको बताईएको छ ।

केही समयअघि मात्र नेपाल सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड-१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री जुटाउन अधिकतम प्रयत्न गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  १२ : २५ बजे

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका