एमालेले पार्टी विभाजन रोक्न अन्तिमसम्म प्रयास गर्ने « Khabarhub

एमालेले पार्टी विभाजन रोक्न अन्तिमसम्म प्रयास गर्ने


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता गर्न लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।’

उनले पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएको संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेको स्पष्ट पारे।

ज्ञवालीले भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो उम्मेदवार हराउन उहाँ लाग्नुभएको छ। ती साथीहरू फर्किनुभयो भने त राम्रो हुन्छ । उहाँहरूको गतिविधि र हाम्रो पार्टी एकताको कहिँकतै तालमेल मिल्दैन।’

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ३ : ३३ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै