स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन « Khabarhub

स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ ।

सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिनउत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए ।

उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा घटना हुनाको कारण र दीर्घकालीन समस्या समाधानको पाटालाई पनि समावेश गरिएको छ ।

गत बिहीबार दाङका कोरोना सङ्क्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नाका साथै सघन उपचार कक्षमा तोडफोड गरेका थिए । घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । सोही घटनाको छानबिनका लागि समिति गठन गरिएको हो ।

भेरी अस्पताल विकास समितिका दुई सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक सङ्घका दुई सदस्य र नर्सिङका तर्फबाट एक सदस्य रहने गरी समिति बनाइएको थियो ।

अहिले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी प्रहरी नायब निरीक्षकका नेतृत्वमा २५ प्रहरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ४ : ४५ बजे

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका