स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ ।

सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिनउत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए ।

उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा घटना हुनाको कारण र दीर्घकालीन समस्या समाधानको पाटालाई पनि समावेश गरिएको छ ।

गत बिहीबार दाङका कोरोना सङ्क्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नाका साथै सघन उपचार कक्षमा तोडफोड गरेका थिए । घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । सोही घटनाको छानबिनका लागि समिति गठन गरिएको हो ।

भेरी अस्पताल विकास समितिका दुई सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक सङ्घका दुई सदस्य र नर्सिङका तर्फबाट एक सदस्य रहने गरी समिति बनाइएको थियो ।

अहिले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी प्रहरी नायब निरीक्षकका नेतृत्वमा २५ प्रहरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ४ : ४५ बजे

विद्या भण्डारीको स्वीकारोक्ति- संसद् विघटनको घटनाले मलाई पछ्याइरहन्छ

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले

ठूला पूर्वाधार निर्माण लागि वैकल्पिक वित्त परिचालन गरिन्छ : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं– घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताको

झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता

भद्रपुर– जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन

गृहका पाँच सहसचिव सरूवा : अध्यागमन विभागमा तिवारी, त्रिभुवन विमानस्थलमा घिमिरे

काठमाडौं- गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन