जसपा विवाद : ठाकुर पक्षबाट पनि यादव निष्कासित « Khabarhub

जसपा विवाद : ठाकुर पक्षबाट पनि यादव निष्कासित


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी विभाजनको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको काउण्टरमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो ।

ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिए । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् । यसले जसपामा एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ ।

जसपाको ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ । ८ मन्त्री र दुई राज्यमन्त्री जसपाले पाउने प्रधानमन्त्री ओलीसँगको वार्तामा सहमति जुटेको बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ४ : ५७ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले