विवेकशील साझा पार्टीद्वारा संस्थापक संयोजक उज्वल थापाको निधनमा दुःख व्यक्त | Khabarhub Khabarhub

विवेकशील साझा पार्टीद्वारा संस्थापक संयोजक उज्वल थापाको निधनमा दुःख व्यक्त


१८ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनमा दुःख व्यक्त गरेको छ ।

पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा दुःख व्यक्त गर्दै सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ ।

बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने जानकारी दिएको छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ ।

थापाले अङ्गालेको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने जनाएको छ ।

पार्टीले यो विषम पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उनको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि सबैमा आभार व्यक्त गरेको छ । आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।

प्रकाशित मिति : १८ जेठ २०७८, मंगलबार  ६ : २४ बजे

झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने- मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट

पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह 

काठमाडौं– सडक डिभिजन कार्यालय भरतपुरले पहिरोको उच्च जोखिम रहेका स्थानमा

जेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका अनिल सहाराविहीन (तस्बिरहरू)

काठमाडौं– बूढानीलकण्ठको एउटा घर, त्यही घरमा भाडाको सानो कोठा, कोठाको

माफी माग्दै योगेशले भने : बदलिएका अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकेनौँ

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना